दुर्घटनापछि अवरुद्ध भारतको सरदार वल्लभभाई पटेल विमानस्थल सुचारु

Author

सजिलो पत्रिका

२०८२ जेठ २९, बिहिबार

63
Share
Featured

एजेन्सी ।

भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । लन्डनका लागि उडान भरिरहेको एयर इन्डियाको विमान बिहीबार दिउँसो टेकअफको क्रममा दुर्घटनाग्रस्त भएपछि विमानस्थल केही घन्टाका लागि बन्द गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुर्घटनामा परेको केही घण्टापछि अहमदाबाद विमानस्थलमा उडान सञ्चालन पुनः सुरु भएको जनाएको छ । अहमदाबाद विमानस्थल अपरान्ह ४ बजेबाट उडान सञ्चालनमा आएको छ। उडान सुरक्षा प्रोटोकलहरू अत्यन्त सावधानीपूर्वक पालना गरिँदैछ,’ नागरिक उड्डयन मन्त्रालयले भनेको छ । 

बोइङ ७८७ ड्रीमलाइनर विमान अपराह्न करिब १ः ३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको थियो । प्रारम्भिक विवरणअनुसार विमानमा जम्मा २४२ जना सवार थिए । जसमा १२ चालक दलका सदस्यहरू थिए ।

घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘शब्दले भन्न नसकिने हृदयविदारक’ भनेका छन् । 


यो समाचारमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सामसुङको नयाँ रेकर्ड : दोस्रो त्रैमासिकमा ८९४ खर्ब वोन नाफा कमाउने प्रक्षेपण

    एजेन्सी । कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग सम्बन्धित मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा बढेसँगै दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले दोस्रो त्रैमासिक परिचालन नाफामा ऐतिहासिक उछाल आउने प्रक्षेपण गरेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार अप्रिल-जुन अवधिमा परिचालन नाफा ८९४ खर्ब वोन (५८ अर्ब ४० करोड अमेरिकी डलर)

    Data is loading...

    Loading brands...

    Loading footer...