विश्वमा पहिलोटक ग्याँसबाट चल्ने ट्राफिक लाइटको प्रयोग,यस्तो छ नेपालको बिकासक्रम

Author

निरन्जन कार्की

२०८२ वैशाख १२, शुक्रबार

43
Share
Featured

विश्वमा सन १८६८ मा पहिलोपल्ट लण्डनमा ग्याँसबाट चल्ने ट्राफिक लाइटको प्रयोग गरिएको थियो । सडक यातायात नियन्त्रणका लागि प्रयोगमा ल्याईएको यो पहिलो ट्राफिक लाइट म्यानुअल्ली चलाईने गरिन्थ्यो । यो जडान गरेको १ महिनापछि विस्फोट भयो र एक जना प्रहरी घाईतेसमेत भएका थिए । त्यसपछि सन १९१० मा पहिलो स्वचालित ट्राफिक लाइटको प्याटेन्ट शिकागोमा दर्ता भएको देखिन्छ । जसमा अंग्रेजी शब्द ‘स्टप’ र ‘प्रोसिड’को प्रयोग गरिएको थियो । नेपालमा जडान गरिएका ट्राफिक लाइटहरु हाल ट्राफिक कार्यालय बग्गीखानाबाट नियन्त्रण हुने गर्दछन् । 

नेपालमा बिसं २०२४ सालमा पहिलोपटक सुन्धारा, न्यूरोड गेट, सिंहदरवारर राजदरबारको दक्षिणी गेटमा ट्राफिक लाइट जडान गरिएको थियो । तत्कालीन समयमा जडान गरिएका उक्त लाइटहरु विग्रिए ।यसका अवशेषहरु अझै पनि त्यस क्षेत्रमा रहेका छन्।

त्यसपछि विसं २०५३ सालतिर जापानी सहयोग नियोग (जाइका) ले दुई चरणमा गरी उपत्यकाका २० ठाउँमा ट्राफिक लाइट जडान गरिदियो । जसमा थापाथली चोक, माइतीघर चोक , केशरमहल मार्ग, पद्मोदय मार्ग, बागबजार, कालिमाटी, नयाँबानेश्वरलगायत व्यस्त ठाउँमा राखिएका ती लाइटले हाल काम गर्न छोडिसकेका छन् भने तेहि लाईटका पोलहरुमा नया ट्राफिक लाईटहरु जडानगरी हाल संचालनमा आईरहेका छन् ।

त्यसपश्चात पुनः तीनकुने–सूर्यविनायक सडक तयार भएपछि सूर्यविनायक, सल्लाघारी, ठिमी, गठ्ठाघर र कौशलटारमा जापान सरकारले नै ट्राफिक लाइट राख्यो । जुन हाल पनि सञ्चालनमा छन । सम्बन्धित निकायले राम्रोसँग ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा विशेष ध्यान नदिँदा ट्राफिक लाइटको आवश्यकता बढेपनि उपयोगिता भने हुन सकेको थिएन।

समयसंगै सबै ट्राफिक बत्तिहरु बल्न बन्द भैईसकेका थिए ।लगभग नेपालमा ट्राफिक बत्ति छैन भन्ने अवस्थामा पुगेको थियो ।

२०७४ मा सर्बेन्द्र खनाल बगिखाना प्रमुख भएको समयमा यार्सा टेक्नोलोजी प्रा.लि.को नामको कम्पनिले खनाललाई प्रस्ताव राखेर सिमित स्रोत र साधन प्रयोग गरि बानेश्वर चोकको ट्राफिक लाईट बनाइ सुचारु गर्यो ।

त्यसपछि एकपछि अर्को गर्दै पुराना लाईट बनाइ चलाउन सुरु भयो ।साथै नारायणगोपल चोक,कमलपोखरी लोत्से चोक ,कृष्ण पाउरोटी ,सुन्धारा नागिस्थान चोक ,टिचिगं हस्पिटल ,ऐकेड्मि मोड,लैनचौर ,जयनेपाल ,गैरिधारा ,पुलचोक,लगाएतका Yarsaa technology कै प्रयासबाट नेपालमा नै लाईट बनाएर संन्चालन गरिएको हो। 

हाललाइ नेपालमा यहि कम्पनिको पथ पछ्याउदै धेरै कम्पनि यस क्षेत्रमा लागेर ट्राफिक लाइटको काम गर्दै छन।

यो समाचारमा

नेपालसिंहदरवार

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...