यसरि भएको थियो कश्मीरमा पर्यटकमाथि आक्रमण !

Author

सजिलो पत्रिका

२०८२ वैशाख १०, बुधबार

103
Share
Featured

काठमाडौँ  एक नेपालीसहित २८ जनाको ज्यान जाने गरी कश्मीरमा मंगलबार दिउँसो भएको आतंककारी हमला लस्करतोइबाले गराएको भारतले दाबी गरेको

भारतले यो हमलाको  बहुआयामिक सम्पूर्ण प्रयासहरू लगाएर जवाफ दिने पनि उद्घोष गरको टाइम्स अफ इन्डियाले जनाएको

 कसरी भयो घटना ?

इन्डिपेन्डेन्ट अनलाइनका अनुसार, मंगलबारको दिन कश्मीरको मनोरम पहलगामस्थित बेसारन उपत्यकामा सर्वसाधरणलक्षित भयावह आतंकवादी हमला दिउँसो करिब .३० बजे सुरु भएको थियो पैदल वा घोडाबाट मात्र पुग्न सकिने हिमाली चुचुराहरू हरियाली घाँसे मैदानले घेरिएको यो क्षेत्रमा मानिसहरू पुग्दै गर्दा गोलीको आवाजले उपत्यकामा आतंक फैलियो पर्यटकहरू भाग्न थाले

 प्रत्यक्षदर्शीहरूका अनुसार, सैनिक जस्तै पोसाक लगाएका चारदेखि जना आक्रमणकारीहरू नजिकैको जंगलबाट आएर १५ देखि २० मिनेटसम्म नजिकैबाट मानिसहरूमाथि गोली चलाए

 १२ सयभन्दा बढी मानिसहरू उपस्थित रहेको घाँसे मैदान भएको ठाउँमा गोली चल्दा धेरै पर्यटकहरू लुक्न खोजे तर, खुल्ला मैदान भएकाले उनीहरू लुक्ने ठाउँ नै थिएन

 बाँच्न सफल एक पर्यटकले इन्डियन एक्सप्रेसलाई भने, “आक्रमणकारीहरूले मैदानमा अनियन्त्रित रूपमा कम्तीमा २० मिनेटसम्म निडर भएर घुम्दै गोली चलाउँदै गर्दा मलाई त्यो अत्यन्तै लामो समय जस्तो लाग्यो

 एक स्थानीय पर्यटकीय घोडा सेवा सञ्चालकले एएफपीलाई बताएअनुसार आतंककारीहरूले स्पष्ट रूपमा महिलाहरूलाई छोडेर पुरुषहरूमाथि मात्र गोली चलाए

 एक प्रत्यक्षदर्शीले भने अनुसार, उक्त ठाउँमा धेरै गोलीहरूको वर्षा नै भएर आँधी जस्तै माहोल बनेको थियो अर्का एक घोडा सेवकले स्थानीय मिडियालाई बताएअनुसार उनीहरूले पटकाको जस्तो आवाज सुनेको त्यसपछि मानिसहरू चिच्याउँदै ढल्न थालेका थिए

  इन्डिपेन्डेन्ट अनलाइनका अनुसार घटनापछि मनिसहरू आतंकित भएर चिच्याउँदै थिए केही महिलाहरू स्थानीय पसलेहरूसँग मद्दतको लागि बिन्ति गर्दै थिए, जसले उनीहरूलाई शान्त गर्ने प्रयास गरे केही घाइतेहरूलाई सैन्य हेलिकोप्टर आउनुभन्दा पहिले स्थानीय मानिसहरूले घोडामा चढाएर अस्पताल पुर्याए

 आफ्नो पतिसँगै यात्रा गरिरहेकी एक युवतीले खाजा खाइरहेका बेलामा एक आक्रमणकारी आएर उनको पतिलाई मुस्लिम हो कि होइन भनेर सोधेको उनले मुस्लिम होइन भन्ने जवाफ दिँदै गर्दा नै आक्रमणकारीले गोली चलाएको बताइन्

 रिसोर्ट होटेलहरू खाली हुँदै

भारतको सैन्य बल कश्मीर प्रहरीले यो आक्रमणको प्रतिक्रियामा ठूलो आतंकवादविरोधी अभियान सुरु गरेको बताएको तर, बुधबार दिउँसोसम्म पनि कुनै पनि आक्रमणकारीलाई पक्राउ गरिएको पुष्टि भएको छैन पहलगामका रिसोर्ट होटेलहरू खाली हुँदै जाँदा सैन्य बलले सम्पूर्ण क्षेत्रमा सुरक्षा बढाएको इन्डिपेन्डेन्ट अनलाइनले जनाएको

 

यो समाचारमा

काठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...