
औषधि होइन, प्राकृतिक आह यहाँ छन् केही जीवनमा बारम्बार देखिने समस्या र तिनको प्राकृतिक, सुरक्षित, र सस्तो उपाय: १. शारीरिक थकान वा कमजोरी भएको बेला – केरा सेवन गर्नुहोस्। ऊर्जाको खानी हो केरा। बिहान उठ्ने बित्तिकै खाली पेटमा एउटा केरा खाँदा शरीरमा स्फूर्ति आउँछ, मस्तिष्क सक्रिय हुन्छ। २. पाचन प्रणाली कमजोर छ भने – अदुवा प्रयोग गर्नुहोस्। ग्यास, पेट दुखाइ, वा अपचको समस्या हुँदा अदुवा अमृतसमान हुन्छ। तातो पानीमा उमालेर सेवन गर्दा चमत्कारी लाभ दिन्छ। ३. कपाल झर्ने, कमजोर हुने समस्या छ भने – बदाम रोज्नुहोस्। नियमित ४–५ बदामले कपाललाई पोषण पुर्याउँछ, कपाल झर्ने समस्या घटाउँछ र टाउकोको छालालाई स्वस्थ राख्छ। ४. रोगसँग लड्ने शक्ति कम भएको महसुस भए – अमिला फलफूल सेवन गर्नुहोस्। सुन्तला, अमला, कागतीजस्ता फलफूलले शरीरमा भिटामिन 'C' भरिदिन्छ, जसले संक्रमण र भाइरससँग लड्न सघाउँछ। ५. छाला धमिलो, सुख्खा वा रोगग्रस्त छ भने – काक्रो सेवन गर्नुहोस्। शरीरलाई भित्रबाट चिसो राख्ने काक्रोले छालामा चमक ल्याउँछ, र नमी प्रदान गर्छ। ६. एकाग्रता घटेको, ध्यान दिन गाह्रो भएको महसुस भए – ओखर सेवन गर्नुहोस्। ओखर (अखरोट) मस्तिष्कको मित्र हो। नियमित सेवनले स्मरणशक्ति बढाउँछ, एकाग्रता बढाउँछ। ७. मधुमेहको समस्या छ भने – मेथीदाना रोज्नुहोस्। मेथीदाना रगतको चिनी सन्तुलनमा राख्न अद्भुत छ। बिहान भिजाएको मेथी सेवन गर्नु उत्तम हुन्छ। ८. दृष्टि कमजोर हुँदैछ भने – गाजर रोज्नुहोस्। गाजरमा पाइने भिटामिन 'A' आँखाको ज्योति बढाउन अत्यन्तै लाभदायक हुन्छ। ९. शरीर सुक्खा छ, छालामा चाउरी परेको छ भने – तरबूजा खानुहोस्। पानीको मात्रा अत्यधिक हुने तरबूजा गर्मीको बेला शरीरलाई हाइड्रेट राख्न आवश्यक फल हो। १०. रगतमा बोसो (कोलेस्ट्रोल) बढेको छ भने – लसुन सेवन गर्नुहोस्। बिहान खाली पेटमा एक मिल्लो लसुन खानाले रक्तसञ्चार राम्रो हुन्छ र मुटु रोगको जोखिम कम गर्छ। हामीले नियमित सेवन गर्ने केही प्राकृतिक आहार नै हाम्रो जीवनका रक्षक हुन सक्छन्। दैनिक जीवनशैलीमा सानो ध्यान दिँदा, सधैं स्वस्थ रहन सकिन्छ। औषधी त रोग लागेपछि हो, तर यस्ता सुपरफूडहरू अपनाउँदा, रोग लाग्नै दिंदैनन्।