मधुमेह रोगीको निम्ति वरदान हो काँचो केरा। मधुमेह भएका व्यक्तिहरूका लागि काँचो केरा (हरियो केरा) धेरै लाभदायक हुन्छ, किनभने यसमा पाकेको केराभन्दा कम चिनी र बढी प्रतिरोधी स्टार्च (resistant starch) हुन्छ। प्रतिरोधी स्टार्च एक प्रकारको कार्बोहाइड्रेट हो जुन सजिलै पच्दैन, जसले रगतमा चिनीको मात्रा बिस्तारै बढ्न दिन्छ र इन्सुलिन संवेदनशीलता सुधार गर्न मद्दत गर्छ। बेसी खान पनि शरीरको निम्ति ठिक हुँदैन कम खानपर्छ तर दैनिकरूपमा। यसलाई उसिनेर अथपा तरकारीको रूपमा खाँद शरीरमा अचम्मको फाइदा हुँन्छ।