
कडकनाथ कुखुराको परिचय तथा औषधिय मह-कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो, जसको रौ अनि छाला समेत कालो हुन्छ । कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी, कालामास पनि भनिन्छ । किनभने यसको मासु, छाला, शरीरको रौ सबै कालो हुन्छ । भारत मध्यप्रदेश उत्पति मानिएको यो कालो कुखुरा, भारतको आदिबासी समुदायमा लोकप्रिय छ । आदिवासी समुदायले यो प्रजातीको कुखुरालाई विभिन्न चाडपर्ब, देबि देउतालाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जसको कारण जङ्गल भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ । औषधिको रुपमा पनि महत्व छ । १ ) महिलाहरुमा देखिने बाजोपनको उपचार, मष्तिस्क सम्बन्धित रोग, मुटु सम्बन्धित रोग हुनेहरुको लागि यो जातको कुखुराको मासु राम्रो हुन्छ । २) दिर्घकालीन रोगहरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोगहरु जस्तै hepatitis C र HIV/AIDS का लागि यो कुखुराको मासु फाइदा जनक छ । ३) Blood Pressure को समस्या हुने हरुकालागि पनि यस्को मासु औषधीको रुपम प्रयोग हुँदै आएको छ । ४) यो कुखुराको मासुमा हुने पोषण तत्वहरुको कारण, रोग प्रतिरोधकको रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ । ५) यसको अण्डामा समेत उच्च रुपमा प्रोटिनको मात्र हुने र फ्याटको मात्र कम हुने हुदा मानव स्वास्थ्यको लागि अति उत्तम हुन्छ । यस्को प्रयोगले टाउको दुख्ने, रिङ्गटा लाग्ने र किडनीको समस्यालाई नि कम गराउछ ।