प्रधानमन्त्री बालेनलाई अर्जुननरसिंह केसीको सुझाव - 'अलि इतिहास अध्ययन गरौँ'

Author

सजिलो पत्रिका

२०८३ जेठ २६, मङ्गलबार

4
Share
Featured
  • कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री **बालेन्द्र शाह**लाई इतिहासको गहिरो अध्ययन गरेर मात्र टिप्पणी गर्न सुझाव दिएका छन्।
  • प्रधानमन्त्रीको "सबै समस्या ३५ वर्षयताका हुन्" भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले उक्त भनाइ सच्याउन वा स्पष्ट पार्न माग गरेका छन्।
  • संसद् सुचारु गराउने जिम्मेवारी सरकारकै भएको भन्दै केसीले सरकारलाई संवाद र सहमतिका लागि पहल गर्न आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह के.सीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई इतिहासको गहिरो अध्ययन गरेर मात्रै टिप्पणी गर्न सुझाव दिएका छन्। प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत "सबै समस्या ३५ वर्षयताका हुन्" भनी उल्लेख गरेकोमा आपत्ति जनाउँदै केसीले यस्तो बताएका हुन्।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको बचाउ "भरिया" लगाएर (रवि लामिछानेको बचाउलाई लक्षित गर्दै) दिएर नहुने बताए। उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने वा कुन मनसायले बोलेको हो भन्नेबारे आफैँले स्पष्ट पार्नुपर्ने माग गरे।

"प्रधानमन्त्रीमाथि प्रश्न उठिसकेपछि भरिया लगाएर अर्कोले जवाफ दिएर हुँदैन," केसीले भने, "३५ वर्षदेखिको समस्या मात्रै हो भन्नु गलत हो, प्रधानमन्त्रीजीले अलि इतिहास अध्ययन गरौँ।" साथै, उनले संसद सुचारु गराउने मुख्य जिम्मेवारी सरकारकै भएको र त्यसका लागि सरकारले नै पहल गर्नुपर्ने समेत स्पष्ट पारे।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)नेपाली काँग्रेसअर्जुन नरसिंह के.सीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङ र महावीर पुनले लिए मन्त्री पदको शपथ

    काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नेपालको संविधानको धारा ८० बमोजिम शपथ गराएका हुन्।रास्वपाका सांसद सुधन गुरुङ यसअघि पनि

    Data is loading...

    Loading brands...

    Loading footer...