चार जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय

Author

सजिलो पत्रिका

२०८३ जेठ २६, मङ्गलबार

5
Share
Featured
  • मन्त्रिपरिषद्ले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ।
  • बैठकले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
  • नेपाल रेडक्रस सोसाइटी को व्यवस्थापनका लागि विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोगको अनुमति दिएको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ लाई समेत स्वीकृत गरेको छ। यसैगरी, लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको छ। रेडक्रसको कार्यसमितिमा देखिएको गतिरोध अन्त्य गर्न सरकारले यो कदम चालेको प्रवक्ता पोखरेलले जानकारी दिए।

यो समाचारमा

सस्मित पोखरेलकाठमाडौँनेपाल रेडक्रस सोसाइटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङ र महावीर पुनले लिए मन्त्री पदको शपथ

    काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नेपालको संविधानको धारा ८० बमोजिम शपथ गराएका हुन्।रास्वपाका सांसद सुधन गुरुङ यसअघि पनि

    Data is loading...

    Loading brands...

    Loading footer...