जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

61
Share
Featured
  • मधेश प्रदेश सरकारले जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन सरसफाइ, ट्राफिक र सुरक्षा व्यवस्थापनसम्बन्धी पहल सुरु गरेको छ।
  • वृहत सरसफाइ अभियान, फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्धारण, पार्किङ र नो–पार्किङ जोन, ई–रिक्सा तथा वन–वे ट्राफिक प्रणाली लागू गर्ने निर्णय गरिएको छ।
  • धार्मिक स्थल र संवेदनशील स्थानमा सीसीटिभी जडान, सौन्दर्याकरण तथा प्रदेश भवनको सुरक्षा सुदृढीकरणका लागि बजेट र अध्ययन प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यस्थित सहर बनाउने उद्देश्यका साथ पहल सुरु गरेको छ ।

यसका लागि मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको अध्यक्षतामा आज (शुक्रबार) जनकपुर उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको संयुक्त उपस्थितिमा बैठक बसि विशेष छलफल गरिएको छ ।

बैठकमा जनकपुरधामको सरसफाइ, ट्राफिक व्यवस्थापन तथा धार्मिक स्थल र प्रदेश भवनको सुरक्षा सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरिएको छ ।

बैठकले सबै निकायसँग समन्वय गरी वृहत सरसफाइ अभियान सञ्चालन गर्ने, जनकी मन्दिरको फोहोर व्यवस्थापनका लागि जानकी महन्थसहित गुठी व्यवस्थापनका पदाधिकारीहरूसँग छलफल गरी निकास निकाल्ने तथा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्धारण र व्यवस्थापन गर्न जनकपुर उप–महानगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले जानकारी दिए ।

बैठकमा जनकपुरधामको ट्राफिक व्यवस्थापनतर्फ पार्किङका लागि निधित स्थान तोक्ने, भिडभाड बढी हुने क्षेत्रमा नो पार्किङ जोन निर्धारण गर्ने र ट्राफिक प्रहरीलाई सहयोग गर्ने सहमति भएको छ ।

साथै, ई–रिक्सा व्यवस्थापन, रामानन्द चोकदेखि जनक चोकसम्म वन–वे प्रणाली लागू गर्ने तथा मुख्य बजार क्षेत्र र पेठिया बजारमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाउने विषयमा जिल्ला प्रशासन कार्यालय, धनुषासँग समन्वय गर्न अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता पालले बताए ।

त्यस्तै सुरक्षा व्यवस्थापन अन्तर्गत मुख्य मठ मन्दिर तथा संवेदनशील स्थानमा सीसीटिभी जडान तथा मर्मत कार्य गृह, सञ्चार तथा कानुन मन्त्रालयमार्फत व्यवस्था मिलाउने, रंगरोगन, सरसफाइ र सौन्दर्याकरणका लागि आवश्यक बजेट प्रस्ताव गर्ने समेत निर्णय भएको प्रवक्ता पालले जानकारी दिए ।

त्यसैगरी, प्रदेश भवनभित्रको सुरक्षा व्यवस्थापनका लागि प्रदेश सुरक्षा समिति द्वारा गठित मधेश भवन सुरक्षा अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।

यो समाचारमा

धनुषाकाठमाडौँजनकी मन्दिरमनोज कुमार साह
मधेश प्रदेश5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...