युवाहरुलाई हरेस नाखाने सन्देश दिन उल्टो साईकल चलाउँदै महोत्तरीका जे.बी.पोखरेल

Author

सजिलो पत्रिका

२०८२ पुस १५, मङ्गलबार

24
Share
Featured
  • जनकपुरधाममा उल्टो र ह्यान्डलविहीन साइकल चलाउँदै जीवनाथ (जे.बी.) पोखरेलले वातावरण संरक्षण र युवालाई सकारात्मक सन्देश दिँदै सबैको ध्यान आकर्षित गरेका छन्।
  • महोत्तरी बर्दिवासका स्वास्थ्यकर्मी पोखरेलले करिब २० वर्षदेखि उल्टो साइकल चलाउँदै २०६३ सालमा मेची–महाकाली यात्रा गरेर चर्चा कमाएका थिए।
  • प्रकृति संरक्षण, स्वदेशमै सृजनात्मक र उत्पादनमूलक काम गर्न युवालाई प्रेरित गर्ने उद्देश्यसहित उनले एक पटकमा १०० किलोमिटर उल्टो साइकल चलाउन सक्ने दाबी गर्दै गिनिज बुकमा नाम लेखाउने लक्ष्य लिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

‘युगले हार्न सक्छ युवाहरु नहार, सबल बनाउ थेग्न कांध मातृ भूमीको भार’ यो गीत गुनगुनाउँदै जनकपुरधामको मुख्य प्रवेशद्वारा रामानन्द चोकमा उल्टो साईकल चलाएर घुमिरहेका जीवनाथ पोखरेलले सबैको ध्यान तानेका छन् ।

ह्यान्डल विनाको दुई पाँङ्ग्रे साईकल त्यसमा पनि उल्टो हाकिँरहेको देखेर कसैले मोबाईल निकालेर फोटो खिच्छन् भने कसैले रोकेर पोखरेलसंग सेल्फि लिने गर्छन । महोत्तरीको बर्दिवास वडा नं. १ घर भएका जे.बी पोखरेल नामले चर्चित उल्टो साईकल यात्री पेसाले स्वास्थ्यकर्मी हुन । पोखरेल महोत्तरीको बर्दिबास नगरपालिका अन्तर्गत जनस्वास्थ्य निर्देशक हुन । विदाका दिनहरुमा उल्टो साईकल चलाएर वातावरण संरक्षण गर्ने सन्देश फैलाउने काम गर्छन उनी ।

२०६३ सालमा उल्टो साईकल चलाएर मेची महाकाली यात्रा गरेर उनले निकै चर्चा बटुलेका थिए । सो बेला उनले प्रयोग गर्ने साईकलमा ह्यान्डल थियो भने अहिले उनले बिना ह्यान्डल भएको साईकल प्रयोग गरी उल्टो चलाउने गर्छन ।

करीब २० वर्ष देखि उनले उल्टो साईकल चलाईरहेको उनले बताए । पोखरेलले अहिले प्रकृति संरक्षण र युवाहरुलाई स्वदेशमै बसेर केही सृजनात्मक र उत्पादनमूलक काम गर्न उत्प्रेरणा दिने उद्येश्यका साथ ठाउँ ठाउँमा उल्टो साईकल चलाउने गरेको बताए । उनले केही दिन अघि मात्र काठमान्डौमा उल्टो साईकल चलाएका थिए भने अब पोखरेल पोखरा जान लागेको बताए ।

पोखरेलले एक पटकमा लगातार १०० किलोमिटर उल्टो साईकल चलाउन सक्ने दाबी गरेका छन् । उनले आगामी दिनमा उल्टो साईकल चलाएर गीनिज बुकमा नाम लेखाउन प्रयास गर्ने बताए ।

उनले साईकल प्रयोग गर्न सबैलाई आग्रह गर्दै प्रकृतिको संरक्षणमा सबैजना लाग्नु पर्ने बताए । पोखरेलले विदेश जाने युवाहरुलाई नेपालमै प्रशस्त सम्भावनाहरु रहेकाले केही फरक काम गरेर स्वदेशमै रोजगार बन्न सल्लाह दिए ।

यो समाचारमा

बर्दिबास नगरपालिकाकाठमाडौँमहोत्तरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (असार २७ गते) देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा

    Data is loading...

    Loading brands...

    Loading footer...