चितवनमा महिला झुन्डिएको अवस्थामा मृत फेला

Author

सजिलो पत्रिका

२०८२ मंसिर २८, आइतबार

19
Share
Featured
  • चितवनको इच्छाकामना गाउँपालिका–७, भालुमारामा करिब ३८ वर्षीया फुलमाया थिङ मृत अवस्थामा फेला परेकी छन्।
  • घर नजिकै फेला परेको घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तथा आवश्यक प्रक्रिया अघि बढाएको छ।
  • घटनाको कारण खुल्न नसकेको र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चितवनको इच्छाकामना गाउँपालिकामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । इच्छाकामना-७, भालुमाराकी अन्दाजी ३८ वर्षीया फुलमाया थिङ आफ्नै घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

प्रहरीका अनुसार, थिङ घरबाट करिब ३०० मिटर टाढा रहेको डुम्रीको रुखमा नाम्लोको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

घटनाबारे खबर पाएलगत्तै प्रहरी बिट पदमपुरबाट प्रहरी नायब निरीक्षक सालिग्राम पौडेलको टोली घटनास्थल पुगेर सुरक्षित राखेको थियो । थप अनुसन्धानका लागि प्रहरी चौकी जुगेटानीबाट प्रहरी निरीक्षक जय नेपाल थापाको कमाण्डमा मुचुल्कासहितको टोली घटनास्थलतर्फ गएको छ ।

आत्महत्याको कारण भने खुल्न सकेको छैन र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचारमा

काठमाडौँइच्छाकामना गाउँपालिकाचितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गोकर्णेश्वरमा मेलम्चीको पानी नदिए उपत्यकामा वितरण गर्न नदिने सांसद राजुनाथ पाण्डेको चेतावनी

    काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् ।राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुंगेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन् ।मुहान

    Data is loading...

    Loading brands...

    Loading footer...