बारा-पर्सामा हैजा महामारीको स्रोत सरकारले पत्ता लगाउँछः गृहमन्त्री लेखक

Author

सजिलो पत्रिका

२०८२ भदौ १६, सोमबार

15
Share
Featured
  • गृहमन्त्री रमेश लेखकले बारा–पर्सामा फैलिएको हैजा नियन्त्रण गर्न राज्यको सम्पूर्ण स्रोत परिचालन गरिने र सुरक्षाकर्मीका चिकित्सकसहित विज्ञ टोली खटाइने बताएका छन्।
  • वीरगन्जमा देखिएको पानी वितरणको कमजोरी र हैजाको संक्रमणको स्रोत पत्ता लगाउन सरकार सक्रिय छ, र आवश्यक सुधार गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
  • कानुनमन्त्री अजय चौरसियाले लोकतन्त्र विरोधी गतिविधिमा कारबाही गर्न नयाँ ऐन ल्याइँदैछ भने उद्योगी–व्यवसायीलाई सुरक्षाका लागि अग्रिम जमानत व्यवस्था गर्न कानुन बनाइँदैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री रमेश लेखकले बारा मा देखा परेको हैजालाई राज्यको सम्पुर्ण स्रोतपरिचालन गरेर भएपनि नियन्त्रणमा ल्याइ छाड्ने बताएका छन् । उनले सुरक्षाका तीन वटै अंगमा रहेका चिकित्सक तथा विज्ञहरुलाई परिचालन गर्नु परेर भएपनि हैजाको महामारीलाई यथासिर्घ नियन्त्रणमा ल्याइउने बताए ।

नेपाली काँग्रेस आपूर्ती तथा उपभोग्ता विभागले आइतबार वीरगन्जमा आयोजना गरेको दैनिक उपभोग्य वस्तुको सुनिस्चिता उपभोक्तको अधिकारी हाम्रा चासो विषयक अन्तरकृया कार्यक्रालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वीरगन्ज र यसआसपासका क्षेत्रमा देखा परेको हैजाको संक्रमण केबाट फैलिएको हो त्यसको स्रोत सरकारले पत्ता लगाइ छाड्ने बताएका हुन् । महामारिको रुपमा बदलिएको हैजा फैलिनमा कहा चुक भएकोहो, त्यसको खोजि निती सरकारले गर्ने र त्यसकालागि आवश्यक भए विज्ञहरुको टोली समेत सरकारले परिचालन गर्न सकिने उनले जानकारी दिए । 

वीरगंन्जमा देखिएको जलसंकटलाई सम्बोधन गर्न सरकारले डिप वोरिङमार्फत सर्वसाधारलाई पानि वितरण गर्दा भएका कमी कमजोरिको सरकारले समिक्षा गर्ने जानकारी दिँदै मन्त्री लेखकले हैजाको प्रकोप नियन्त्रणमा कुनै कमी सरकारले बाँकि नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले  लोतकतन्त्र र गणतन्त्रको विकल्प अन्य कुनै तन्त्र हुनै नसक्ने र लोकतन्त्र मासिए मुलुकमा समाधान हुनै नसकिने द्वन्दको सुरुवात हुने खतरा रहेको गृहमन्त्री लेखकले चिन्ता व्यक्त गरे । कार्यक्रमा कानुन तथा न्याय मन्त्री अजय चौरसियाले  संविधान र लोकतन्त्रलाई कमजोर पर्नेलाई कानुनी दायरामा ल्याउन ऐन निर्माण गर्ने तयारीमा सरकार रहेको जानकारीदिए । उनले हजारौको बलिदानि र सात दशको संर्घषबाट प्राप्त भएको संघीय लोकतान्त्रिक समावेशिता सहितको संविधानलाई जलाउने, त्यसको अपमान गर्नेलाई कारवाही गर्न कानुन निर्माण भइरहेको बताए । 

उद्योगि व्यपारिको प्रतिष्ठालाई जोगाउन र व्यपार मैत्रि वातावरण मुलुकमा निर्माण गर्न सरकारले  देवानी मुद्दामा अग्रीम जमानतको प्रावधान कानुनमै  राख्ने तयारीमा लागेको कानुन मन्त्री चौसियाले जानकारी दिए ।

उनले उद्योगि व्यपारिलाई आफु पक्राउ पर्न सकिने सम्भावन रहेका महसुर भएपछि अदालतबाट पक्राउ पर्नु अगाडी नै अग्रिम जमानत लिन सकिने कानुनमा व्यवस्था गर्न लागिएको र त्यसको मसौदा निर्माणको क्रममा रहेको बताए ।


यो समाचारमा

नेपाली काँग्रेसरमेश लेखककाठमाडौँबारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...