महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

Author

सजिलो पत्रिका

२०८२ जेठ २६, सोमबार

28
Share
Featured

काठमाडौँ

भारतको महाराष्ट्र राज्यमा अत्यधिक भीड भएको लोकल रेलको यात्राका क्रममा यात्रुहरू रेलबाट खस्दा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएका छन्। उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेशन नजिकै भएको हो, जुन मुम्बई शहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ।

रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू एकअर्कासँग नजिकैबाट गुडिरहेकै समयमा दुवै रेलका ढोकामा झुण्डिएर यात्रा गरिरहेका यात्रुहरू आपसमा ठोक्किएका थिए, जसका कारण केही यात्रु रेलबाट खसेका थिए। स्वास्थ्य अधिकारी कैलास पवारका अनुसार, घटनामा १३ जना घाइते भएका थिए, जसमध्ये चार जनाको दुःखद निधन भएको छ। गम्भीर घाइतेहरूको विशेष उपचार भइरहेको छ। अहिले सात जना छत्रपति शिवाजी महाराज अस्पतालमा भर्ना छन्।

मध्य रेलका प्रवक्ता स्वप्निल धनराज निलाले यसलाई रेल ठोक्किने दुर्घटना नभई अत्यधिक भीडका कारण भएको घटना भएको स्पष्ट पार्नुभयो। प्रशासनले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराखी राहत तथा उद्धार कार्यमा तिव्रता दिएको छ। साथै, घटनाबारे विस्तृत छानबिन सुरु भइसकेको जानकारी दिइएको छ।

यसैबीच, महाराष्ट्रका मुख्यमन्त्री  देवेन्द्र फडणवीसले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ।

यो समाचारमा

भारतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरानको अमेरिकालाई चेतावनी, सम्झौता उल्लंघन भए कडा जवाफ दिने

    काठमाडौँ।इरानले संयुक्त राज्य अमेरिका वा उसका साझेदार राष्ट्रहरूले वार्ताका लागि तय गरिएको रूपरेखा (फ्रेमवर्क) उल्लंघन गरेमा वा थप मागहरू अघि सारेमा कडा जवाफ दिने चेतावनी दिएको छ। इरानी संसदका सभामुख एवं शीर्ष वार्ताकार मोहम्मद बगेर गालिबाफले सामाजिक सञ्जालमार्फत विपक्षी पक्षबाट हुने सम्झौता विपरीतका गतिविधि सह्य नहुने स्पष्ट पारेका हुन्।सभामुख गालिबाफले

    Data is loading...

    Loading brands...

    Loading footer...