प्रधानन्यायाधीशद्वारा विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ

Author

सजिलो पत्रिका

२०८२ असार २४, मङ्गलबार

23
Share
Featured
  • प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका नयाँ न्यायाधीशहरूलाई शपथ गराएका छन् ।
  • न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नियुक्त गरेका थिए।
  • प्रधानन्यायाधीशले महेशकुमार नेपाललाई न्याय परिषद्का सदस्यको शपथ पनि गराए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले नवनियुक्ति न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई शपथग्रहण गराएका हुन् ।

न्याय परिष्दको सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उनीहरुलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका थिए ।

शपथग्रहणपश्चात आजैदेखि तीन न्यायाधीशले कार्यभार सम्हालेका छन् । यसैबीच, प्रधानन्यायाधीश राउतले नवनियुक्त न्याय परिषद् सदस्य महेशकुमार नेपाललाई पद तथा गोपनीयताको शपथग्रहण गराए । परिषद्को अध्यक्षको हैसियतले प्रधानन्यायाधीशले न्याय परिषद्का सदस्य नेपाललाई शपथ ग्रहण गराएका हुन् ।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गोकर्णेश्वरमा मेलम्चीको पानी नदिए उपत्यकामा वितरण गर्न नदिने सांसद राजुनाथ पाण्डेको चेतावनी

    काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् ।राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुंगेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन् ।मुहान

    Data is loading...

    Loading brands...

    Loading footer...