केदारनाथमा हेलिकप्टर दुर्घटना: पाइलट र बालकसहित पाँच जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ असार ०१, आइतबार

120
Share
Featured
  • दारनाथ दर्शन गरेर फर्किंदै गरेका यात्रु सवार हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ५ जनाको मृत्यु, मृतकमध्ये एक बालक।
  • केदारनाथबाट गौरीकुण्ड जाँदै गर्दा दुर्घटना, प्रारम्भिक अनुसन्धानले खराब मौसमलाई कारण देखाएको छ।
  • उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनाको पुष्टि गर्दै उद्धार टोली परिचालन गरिएको जनाए।
  • हेलिकोप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्री रहेको नागरिक उड्डयन कार्यालयले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असाढ ०१ ।

भारतको उत्तराखण्ड प्रदेशस्थित रुद्रप्रयागमा केदारनाथ मन्दिरको दर्शन गरेर फर्किरहेका यात्रु सवार हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार दुर्घटनामा पाइलट र एक बच्चासहित पाँच जनाले ज्यान गुमाएका हुन्। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनाको पुष्टि गर्दै घटनास्थलमा खोज तथा उद्धार टोली परिचालन गरिएको जानकारी दिएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आर्यन एभिएसन कम्पनीको उक्त हेलिकप्टर केदारनाथ मन्दिरबाट गौरीकुण्डतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानले खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरेको छ।

उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरू सवार थिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

यो समाचारमा

भारतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...